चिया व्यापारी म,
सबेरै आभास हुन्छ,निन्द्रदेवि ले झुपुक्कै बिदाई मार्छ,
अर्ध नयन उघारि म मेरो कार्यालय मा प्रवेश गर्छु,
हर सामान,जत्ति मेरो सम्पत्ति,उत्तिकै ताजा देख्छु,
नजर हाम्रो एक आपसमा जुध्छ,सायद यी सामानहरुले मलाई न्यानो स्वागतममा आलसि अभिवादन टक्र्याएको होला,
म नि बाठो छु,सदैव पहिलो नजर लाउछु यिनिहरुमा।


उमेरको गणितीयमा बुढेसकालमा छु म,
चिन्नेजान्ने सबैले भन्छन् जोश जागर र तत्परता मा यौवनकालकै जोश छ रे म मा,
म गमक्क मक्ख पर्छु,र भित्र भित्रै मुसुमुसु हासि गर्व गर्छु,
मानिसको स्वभाव नि तारिफ सधै सुनिरहु लाग्छ,यत्तिखेर अलिकति स्वार्थी म।


दैनिकि मेरो यहि,काम उहीँ,म खेल्ने गोटि उनै,
चिनजान,वटुवा उस्तै,म उहीँ,
तर दिन हरेक मेरो नौलो,सुनौलो,
आहा चियाको चुस्किसङ्ग मिलाएको गफगाफ,
देशको,समाजको,स्थितिको,व्यक्तिको
म सुनी मस्त हुन्छु,जोश जागर दिनभर एक रत्ति विलाएको महसुस नै हुन दिन्न।


यस्तैमा रमाईरहेको म एक उद्यमि,अझ समाजसेवि,
आफैको तारिफ गर्न नि पछि पर्दिन म,
लाग्नेलाइ लाग्ला असहज छ यो काम गर्न,
जुठो भाडो,गर्मि,उहीँ पात्र,उस्तै घिसेपिठे कुरा,
खै यसैमा रमिन्छु म,
यिनै अनुहारहरुमा नाता जाग्छ,आत्मिय लाग्छ,
यस्तै गफको नजानिदो पाराले पारखि रहेछु म,
यहि नित्यकर्म मा रमाउछु म,
यहि कामलाई म पुजा गर्छु,
न यो घमन्ड हो न यो बाध्यता,
बस् म एक कर्मबोध सन्तुष्ट नागरिक।


सदा झै दिन ले कोल्टे फेर्छ,
साझको शितलता र अन्धकार प्रविष्ट हुन्छ,सन्नाटा मेरो चियालय मा नि छाउछ,
म सबेरै झै एक दृष्टि मेरा अनमोल सम्पत्तिहरुमा वर्षाउछु,विदा माग्छु,
कम्ति छैनन् यिनिहरु नि अभिवादनमा झुटो मुस्कान फर्काई,मेरो विदाई स्वीकृत गरिदिन्छ,
सायद अब केही बेर म बाट छुटकारा पाउने होला भनी,म बुझ्छु।


सानो सुखि छ परिवार मेरो,
घर पुगि भेट्दा आनन्दित,गौरान्वित र थोरै थकित महसुस म गर्छु,
रातको नित्यकर्म भ्याई फेरि एक नया सुनौलो दिन को सपना साचि म निन्द्रदेवि को शरणमा जान्छु,
म एक चिया व्यापारी,दिनाचार्या मेरो उहि,सधै म उस्तै।

(लेखक: समीर लामा(बम्जन्)त्रिपुरासन्दरि गाउपालिका-३,धुस्कुन्,सिन्धुपाल्चोकबाट हुनुहुन्छ।)

[ तपाईँहरुको पनि केहि लेख रचना, कथा, गजल, कविता छ भने हामीलाई पठाउने ठेगान: namastesindhupalchowk@gmail.com]