हरेक बर्षको माघ २ गते नेपालमा राष्ट्रीय भुकम्प सुरक्षा दिवस मनाउने गर्छ । भौगोलिक हिसाबले हिमाल, पहाड तराईमा फैलिएको नेपाल भुकम्पिय जोखिमका हिसाबले विश्वमा नै अगाडी छ । नेपालमा भुकम्पको इतिहास हर्ने हो भने हरेक ७०-८० बर्षको अन्तरालमा महाभुकम्पहरु जाने गरेको देखिन्छ । त्यस्ता भुकम्पहरुले धेरै ठुलो धनजनको क्षती गराउँदै आईरहेको छ । पछिल्लो समयको गोर्खा महाभुकम्प हामी सबैको मानसपटलमा ताजै छ । जसबाट नेपालको १४ जिल्ला अति प्रभावित भएको थियो । त्यस पछी पनि साना-ठुला पराकम्पनहरु अहिले सम्म पनि आईरहेको छ । त्यस्ता पराकम्पनहरु केन्द्रविन्दु क्षेत्रमा साना-ठुला भौतिक तथा मानविय क्षती पुर्याएको छ ।
अति भुकम्पिय जोखिम रहेपनी त्यसबाट सुरक्षित कसरी रहने भन्ने कुरा औपचारिकता बाहेक जनजनमा अझै जनचेनतना पुगिसकेको छैन । भुकम्प कसरी, कुन समयमा आउँछ? भनेर पुर्वानुमान गर्न सकिदैन । तर आजको वैज्ञानिक खोज तथा अनुसन्धान भुकम्प पुर्व सुचना प्रणलीमा धेरै प्रगती गरिसकेको छ । भुकम्प पुर्व सुचना प्रणाली, सुरक्षाका उपाय, संरचना निर्माणको अनुगमन बारे पनि खासै बहस र छलफल भएको पाईदैन । भए पनि औपचारिकतामा मात्रै सिमित छ । भुकम्पिय दृष्टीले धेरै नै जोखिम रहेको कारण भुकम्प सुरक्षा दिवसको आफ्नै महत्त्व छ । तर, यस सम्बन्धी जनचेतना, छलफल, बहस पछिल्लो समय भएको पाईदैन । भविष्यमा भूकम्प जान सक्ने कुरालाई मध्यानजर गर्दै त्यसमा अपनाउनु पर्ने सुरक्षा, संरचना निर्माण भुकम्प प्रतिरोधात्मक, भैपरी आउने जोखिम र चुनौती सँग जुध्न आवश्यक तयारी नगरे हाम्रो राष्ट्र र समाज फेरी ठुलो भुकम्पको मारमा पर्ने देखिन्छ ।
राष्ट्रीय भुकम्प सुरक्षा दिवस र १९९० सालको भुकम्प
आज भन्दा ८९ बर्ष पहिला वि.स. १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट २२ सेकेन्डमा नेपालमा महा भुकम्प गएको थियो । तथ्यांक हेर्ने हो भने त्यो बेला ८ ४ रेक्टर स्केलको भुकम्प गएको देखिन्छ । त्य भुकम्पमा परेर काठमाडौँ उपत्यकामा मात्रै ४ हजार बढी मानिसको ज्यान गएको थियो भने देशभर ८ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको थियो । त्यसै दिनको सम्झनामा वि.स. २०५५ देखी हरेक बर्षको माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउदै आईरहेको छ।
वि.स. २०७२ सालको भुकम्प र सिन्धुपाल्चोक
पछिल्लो समय नेपालमा वि.स. २०७२ साल बैशाख १२ गते महा विनाशकारी भूकम्प गयो । गोर्खाको बारपाक केन्द्र विन्दु रहेको त्यो भूकम्पबाट गोर्खा र सिन्धुपाल्चोक धेरै नै प्रभावित भयो । सँगसँगै अन्य १४ जिल्लाहरु पनि अतिप्रभावितको सुचीमा थियो । सिन्धुपाल्चोकमा मात्रै त्यस भुकम्पबाट तीन हजार भन्दाको मृत्यु भएको तथ्यांक छ । नेपाल भरी ८ हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको थियो । हजारौँ संख्यामा मानिसहरु अंगभंग र घाइते भए । लाखौँ बराबरको धनजनको क्षेती भयो । कत्ती परिवारले आफ्नो सदस्यहरु गुमाए । भूकम्पले बस्ने घर भत्काईदिए । खाने अन्न पुरिदिए । राज्य सँग त्यस्तो विपद सँग जुध्ने कुनै पुर्व तयरी देखिदैन थियो । सिन्धुपाल्चोक लगायतका स्थानहरुमा विभिन्न दाताहरुले राहतको रुपमा खाद्यन्न, लत्ताकपडा, त्रीपाल, आदी वितरण गरेको थियो ।
राष्ट्रीय भुकम्प दिवसको औचित्य
नेपाल जस्तो भुकम्पिय दृष्टीकोणले निकै जोखिमपुर्ण राष्ट्रमा भुकम्प सुरक्षा दिवसको निकै औचित्य छ । भुकम्प सुरक्षालाई ध्यानमा राखेर संरचना निर्माण, भूकम्पबाट जोगिने उपायहरु ७२ को भुकम्प अगाडी अझ प्रभावकारी ढंगले समुदायमा कार्यान्वयन भएको भए धेरै कम मात्रामा क्षती हुने थियो कि ? हरेक बर्ष मनाईने भुकम्प दिवस पनि खासै प्रभावपुर्ण देखिदैन । यसले के देखाउँछ भने नेतृत्व पङ्ती भविष्यमा आईपर्ने भुकम्प जस्ता विपत्तीमा अझै सिरियस छैन ।
भूकम्पले बद्लिएको गाउँघरको संरचना
७२ सालको भूकम्पले क्षती पुगेको भौतिक संरचना पुन: निर्माणको क्रममा पुरै गाउँघरको भौतिक संरचनामा नयाँपन देखिन्छ । नेपालको करिब ४०% घर ढुंगा र माटो बाट बनेकोमा ७२ सालको भूकम्प पछी संरचना निर्माणमा भुकम्प प्रतिरोधात्मक संरचना निर्माणले गती लिएको छ । जसले भूकम्पबाट हुने भौतिक तथा मानविय वा धनजनको क्षतीमा कम गर्ने छ । सिन्धुपाल्चोकका भुकम्प प्रभावित गाउँहरुमा अहिले तेती अग्लो घरहरु बनेको छैन । बनेपनी भुकम्प प्रतिरोधात्मक बनिरहेको छ । गाउँमा कंक्रीटको संरचना निर्माणले व्यापकता पाएको छ । कतिपयले मौलिक संरचना लोप भएको पनि बताएको थियो ।
भुकम्पले हामिलाई दिएको पिडाहरु हामिले अहिले पनि भुल्न सकेको छैन । भूकम्पको उच्च जोखिममा रहेको हाम्रो देशमा भविष्यमा यस्ता विपत्ती आईपर्दा सुरक्षाका निम्ती के कस्ता उपायहरु अपनाउन सकिन्छ? यस बारे छलफल हुन जरुरी देखिन्छ । विशेषगरी भूकम्प पुर्वानुमान प्रणालीमा हाम्रा नेतृत्त्वले धेरै लगानी गर्नु पर्ने देखिन्छ ।