" विस्थापित नहुने तर सराङकोटमा उड्न नपाउने" एक बिहान नागरिक पत्रिकामा छापिएको उक्त शिर्षकको समाचारले ध्यान खिच्यो । पुरा समाचार पढ्दा त्यो पोखरामा संचालन भई रहेको प्याराग्लाईडिङको भविष्य र पोखरा मै संचालनमा हुँदै गरेको अन्तरराष्ट्रीय विमान स्थल बारे रहेछ । अर्थात पोखराको सराङकोट र तोरीपानीबाट झन्डै अढाई दशक देखी संचालनमा रहेको प्याराग्लाईडिङले अब अन्तरराष्ट्रीय विमान स्थल संचालन सँगै उडान भर्न नमिल्ने नागरिक उड्ड्यन प्राधिकरणको भनाई, प्याराग्लाईडिङ व्यावसायिहरुको चिन्ताको विषयमा समाचार थियो । समाचार अनुसार अन्तरराष्ट्रीय विमान स्थलको केन्द्रबाट १० नटिकल माइल ( १८.५२ किमि) र हवाई रुटको दायाँ बायाँ ५-५ नटिकल माइल ( ९.२६ किमि)भित्र प्याराग्लाईडिङ र बेलुन उडान भर्न नमिल्ने प्रावधान रहेछ ।अनी पोखरा सराङकोटको विकल्पमा पश्चिमी भेगको मान्द्रे ढुङ्गा वा अन्य कुनै स्थानमा प्याराग्लाईडिङ उडान गर्न सकिने कुरा पनि समाचारमा उल्लेख थियो ।
यो समाचारले मेरो ध्यान तान्नुको कारण हो, सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएको प्याराग्लाईडिङको सफल परिक्षण उडान । र, त्यसको व्यावसायिक उडान प्रती सरोकारवालाहरुको (सायद) वेवास्ता । परिक्षण उडान भएको स्थानहरुमा पुर्वाधार बन्दै गरेको समाचारहरु सामाजिक संजालमा नपढेको पनि होइन । त्यस पछी उडानको खबर सुन्न पाएको छैन । मैले थाहा भए अनुसार सिन्धुपाल्चोकको लामाचौर, नागिथाम, र आमा याङ्ग्रीमा प्याराग्लाईडिङको सफल परिक्षण उडान भएको छ । उक्त स्थानहरुबाट प्याराग्लाईडिङ उडेको भिडियो मैले सामाजिक संजाल मार्फत नै हेरेको हो । अनि मैले बुझे कि सिन्धुपाल्चोकको उक्त स्थानहरुमा प्याराग्लाईडिङ उडान भएको रहेछ । सिन्धुपाल्चोकमा प्याराग्लाईडिङ उडान भएको ति स्थानहरुको छोटो चर्चा गरौं ।
लामाचौर प्याराग्लाईडिङ
केहि बर्ष अघी मात्र सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका वडा -९, लामाचौरमा प्याराग्लाईडिङको सफल उडान भएको हो । म यसै क्षेत्रको भएकाले फेसबुकमा साथी रहनुभएकाहरुले पोष्ट गर्नुभएको पोष्टबाट थाहा पाँए । मलाई याद छ, त्यस ताका मैले पढेको थिए, " अब प्याराग्लाईडिङको मज्जा लिन पोखरामा होइन, हाम्रो गाउँमै प्याराग्लाईडिङ संचालन भएको छ ।" (ठ्याक्कै यो लाईन नहुन पनि सक्छ) त्यसपछी फट्टफुट्टा उडान भरेको खबर आईरहेको थियो । गाउँकै केहि व्यक्तिहरुको तदारुकतामा संचालनमा आएको यो प्याराग्लाईडिङमा गाउँकै केहि व्यक्तिहरुले मज्जा लिन भ्याए । थप पुर्वाधारहरु बन्दै गरेको खबर पनि पछी सम्म आईरहेको थियो । मलाई नि लागेको थियो, अब यो प्याराग्लाईडिङले गती लिन्छ । सुकुटे, भोटेकोशीको पर्यटकहरुलाई यसले तान्छ र सदरमुकाम चौतारा सम्मै घुमाउँन मद्धत गर्छ । तर, विडम्बना मैले पछिल्लो समय यस प्याराग्लाईडिङको केहि खबर सुन्न पाएको छैन । कि त संचालन नै भएको छैन । नत्र संचालन भएको भए सामाजिक संजाल मार्फत मैले यस बारे खबर नपाउनु । त्यो त हुन्नै सक्दैन जस्तो लाग्छ । ओ!
पाँचपोखरी प्याराग्लाईडिङ
यसो खोज्दै जाँदा थाहा पाए कि सिन्धुपाल्चोक पाँचपोखरी थाङपालको नागिथाम डाँडामा पनि प्याराग्लाईडिङ हुने रहेछ । म गएको भने होईन, यो पनि सामाजिक संजालबाटै थाहा पाएको । अहिले पनि बेलाबेला उडान भरेको भिडियो त्यहाँ कै स्थानिय दाजु (जो प्याराग्लाईडिङको उडान भर्ने व्यक्ती हुनुहुन्छ) ले फेसबुकमा पोष्ट गरेको देख्छु । अहिले सम्म व्यावसायिक उडान भने सायद सुरु भएको छैन । तर, सोलो (Solo) प्याराग्लाईडिङ उडान भन्ने भईरहेको पाइन्छ । त्यसलाई अझै थप विकास गर्न सके पाँचपोखरी जाने पर्यटकको बसाईँ अझ लम्ब्याउन सकिन्थ्यो कि ?
आमा याङ्ग्री प्याराग्लाईडिङ
लागेको थिएन कि सिन्धुपाल्चोकको अर्को स्थानमा पनि प्याराग्लाईडिङको सफल परिक्षण उडान भएको छ । तर,हेलम्बु - पाँचपोखरी क्षेत्रमा रहेको च्योमुथाङ रिसोर्टले त्यस क्षेत्रमा प्याराग्लाईडिङको सफल परिक्षण उडान भरेको भिडियो पोष्ट गरेको भेटेपछी त्यो मेरो भ्रम पनि सामाजिक संजालले नै टोड्यो । जानकारी अनुसार नेपाल कै सबैभन्दा अग्लो स्थानबाट (३९४२ मि) यो प्याराग्लाईडिङको सफल परिक्षण उडान भएको हो । उडानको क्रममा हेलम्बु र पाँचपोखरी क्षेत्रका सुन्दर दृश्यहरु नियाल्न सकिने रहेछ । तर, अहिले यो प्याराग्लाईडिङमा पनि व्यावसायिक उडान हुन सकेको छैन (कतै पोष्ट गरेको भेटिदैन) ।
प्याराग्लाईडिङको सफल परिक्षण उडान भएको सायद सिन्धुपाल्चोकको यती स्थान हो (जानकारी भए दिनुहोला) । हुन सक्छ यि प्याराग्लाईडिङले विभिन्न समस्याहरु भोगिरहेको होला । तर पर्यटक लोभ्याउने महत्त्वपुर्व हतियार यसरी गुमनाम रुपमा ओझेलमा पर्नु निकै दुखद हो । यि प्याराग्लाईडिङ भलै पोखराको विकल्प नहुन सक्छ । तर, यि क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु तान्ने यो एउटा औचित्यपुर्ण माध्यम हो । सम्बन्धित निकायले समय मै सोच्नु पर्ने देखिन्छ । कि कसो ?
(अङ्ग्रेजीमा सिन्धुपाल्चोक प्याराग्लाईडिङ सम्बन्धी ब्लग पढ्न यहाँ क्लिक गर्नुहोला ।)
(नोट: यदी तपाईँहरु कुनै पनि प्रकारको लेख रचना लेख्नुहुन्छ भने त्यो लेखहरु नमस्ते सिन्धुपाल्चोकबाट प्रकाशन गर्नका लागी हामीलाई सम्पर्क गर्नुहोला)