जिवन एउटा यात्रा हो , जिवन जिउनेहरु यात्री । हरेक पाइला नयाँ नयाँ गन्तव्य तिर लम्कनु नै जिवनको सुन्दरता हो । अझ नयाँ गन्तव्यले हाम्रो जिवनमा नयाँ जोश , हौसला , आशा , प्रेरणा , अविस्मरणिय यादहरु दिन सके रङ्गिन र आनन्दादायी जिवन जिउन सक्छौ । कुनै न कुनै ठाँउको यात्राले अवश्य नै तपाईँलाई वास्तविक जिवन बुझाउँछ । वास्तविक संघर्ष बुझाँउछ । अनि जिवनलाई रंगिन रङ्गहरुले रङ्गयाउने जादुमय तत्त्व सिकाँउछ । यात्रीहरुलाई कहिल्यै गन्तव्यको खाँचो नपरोस भन्ने हेतुले आज हामी एउटा सुन्दर गन्तव्यको संक्षिप्त रुपमा परिचय गराउने कोशीस गर्छौं । हाम्रो गन्तव्य हो , सिन्धुपाल्चोक ।
हामी सबै लाई थाहा भएकै कुरा हो , नेपाल राष्ट्रको बाग्मती प्रदेशको पहाड र हिमाली क्षेत्रमा फैलिएको विशाल जिल्ला हो , सिन्धुपाल्चोक । संसारमा कुनै पनि देशको राजधानिबाट सबैभन्दा नजिक पर्ने हिमाल हो , जुगल । यही जुगल हिमालको शिर देखी पुच्छर सम्म आनन्दले ( मज्जाले ) अडिएको एक सुन्दर र विशाल जिल्ला हो , सिन्धुपाल्चोक ।
प्राकृतिक स्रोत साधनले भरिपूर्ण रहेको यो जिल्ला जैविक विविधताले रङ्गिएको छ । वन , जंगल , डाँडापाखा, टार , बेँसी , हिमाल , पोखरी , नदिनाला , ताल पोखरी आदिले सजिएको यहाँका भुभागहरु आफैँमा अद्भुत छ । हो , भौगोलिक बनोटले यहाँ धेरै कठिन ठाँउहरु पनि छ । जहाँ कठिन भुभाग हुन्छ , त्यहाँ अद्भुत र रहस्यमय ठाँउहरु पनि हुन्छ ।
हिमालबाट सरु भएर राजधानी काठमाडौँको सिमालाई छोएको सिन्धुपाल्चोकको मौसम मा पनि विविधता भेट्टिन्छ । सदरमुकाम चौतारा बजारको मौसम सामान्य नै रहन्छ । हिमाली हावाको कारण चिसो हुन्छ , यहाँ हिँउदमा हिँउ पर्दैन । चौताराबाट २-४ घण्टा माथी ओख्रेनी पुगेपछी हिँउदमा हिँउ पर्दछ । त्यस्तै खाडिचौर बजारबाट २-४ घण्टाको यात्रा पछी मुडे पुगिन्छ , जहाँ हिँउदमा प्रशस्त हिँउ पर्दछ । भारी हिमपात हुने देखी हिँउको एक टुक्रा पनि नपर्ने ठाँउहरु यहाँ समेटिएको छ ।
जैविक विविधतले मात्र होइन , यहाँ रहेका बहु-जाती , बहु- संस्कृती , बहु-धर्म ,फरक रहन सहन , बहु-भुगोलले पनि सिन्धुपाल्चोकको विशेषता झल्काउँछ । एउटै फुलबारीमा फरक फरक समुदायको सयौँ फुलहरु मिलेर बनेको माला हो , सिन्धुपाल्चोक । हिमाल देखी पहाड सम्म समेटिएको बगैँचा र तामाङ , नेवार , क्षेत्री , ब्राम्हण , गुरुङ , मगर ,ह्योल्मो , थामी , दमाई आदी कयौँ जात जातिका विविध संस्कार , धर्म , समाज , रहनसहन आदिले उनेको एउटै माला हो ,सिन्धुपाल्चोक ।
एतिहासिक राजनितिक घटनाक्रमलाई हेर्दा सिन्धुपाल्चोक जिल्लाले देश परिवर्तनको आन्दोलनमा धेरै ठुलो योगदान पुर्याएको छ । पन्चायत विरुद्धको पिस्कर हत्याकाण्ड , माओवादी जनयुद्धमा सिन्धुभुमी आधार शिला नै हो ।तिब्बत नेपाल युद्धमा दुगुनागढी बलियो खम्बा नै साबित भएको थियो ।
यि विविध कारण बाहेक तपाईंलाई लाग्न सक्छ आखिर किन घुम्ने सिन्धुपाल्चोक ? के के छ त्यहाँ? आज हामी तपाईँहरुलाई सिन्धुपाल्चोकमा रहेको पर्यटकिय स्थान, पर्यटकिय क्रीयाकलापहरुको बारे छोटकरीमा बताउने प्रयास गर्छौ ।
सिन्धुपाल्चोक –
- जुगल हिमशृङ्खला - नेपालको राजधानी काठमाडौँबाट उत्तर दिशामा सबैभन्दा नजिक पर्ने हिमशृङ्खला , जुगल हिमशृङ्खला अन्तर्गत पर्ने ११ वटा साना ठुला हिमालहरुको सुन्दर दृश्य अवलोकन गर्न वा आरोहण गर्न सकिन्छ । विशेषगरी साहसिक पर्यटन अन्तर्गतको हिमाल आरोहण , ट्रेकिङको सुन्दर प्राकृतिक दृश्य हरु सँग लुकामारी खेल्दै मज्जा लिन सकिन्छ । दोर्जे लाक्पा ( ६९६६ मिटर ) , फुर्बी चाछु (६६०० मिटर ) , मादिया पिक ( ६५९१ मिटर ), जुगल ( ६५०० मिटर ) आदी जुगल हिमशृङ्खला अन्तर्गतका मुख्य हिमालहरु हुन । पछिल्लो समय नेपाल सरकारले यस हिमशृङ्खला अन्तर्गतका जुगल लगायतका हिमालहरुमा आरोहण खुल्ला गरिएको छ । यो सँगै आरोहण र ट्रेकिङ गर्ने पर्यटकहरुको संख्या बढ्दै छ । जुगल लगायतका हिमालको आधार शिविर सम्म पुग्ने बाटो पाँच पोखरी ट्रेकिङ रुट हो , जुन रुट पछिल्लो समय विकास हुँदै गईरहेको छ । यस हिमश्रीङ्खला अन्तर्गत रहेका धेरै टाकुरा हरुको नामाकरण अझै भएको छैन । तेसैले नामाकरण नभएको टाकुराहरुलाई पहिलो आरोहण गर्ने टोलिहरुले नै नाम राख्दै आएको छ , जसको पछिल्लो उदाहरण युवा पिक हो ।
- पाँच पोखरी - यस पोखरीको कुरा गर्नुपर्दा समुद्र सतह देखी करिब ४१०० मिटरको उचाईमा रहेको पाँच वटा प्राकृतिक पोखरीहरुको समुह हो । प्रकृतीको अनुपम उपाहारका रुपमा रहेको यो पोखरी धार्मिक पर्यटकहरुको आस्थाको केन्द्र हो । विशेषगरी हिन्दू र बौद्ध मार्गिहरुले यस भुमिलाई पवित्र शक्तिको केन्द्र को रुपमा लिने गर्दछ । विश्वको नौ औं अग्लो स्थानमा रहेको यो पोखरीमा साउने पूर्णिमाको दिन ठुलो मेला लाग्ने गर्दछ । त्यसै मेलाको क्रममा जिल्लाका विभिन्न भेगबाट झाँक्रीहरु परम्परागत संस्कृती अनुसार पूजा गर्न यहाँ जाने गर्दछ । त्यस बाहेक ट्रेकिङ पर्यटक , आरोहिहरु पनि यहाँ पुग्ने गर्दछ । धार्मिक र साहसिक पर्यटक हरुको लागी यो सदाबहार गन्तव्य हो । जिवनमा अद्भुत स्मरणहरुलाई सजाउन पाँच पोखरी यात्रा कोशेढुङ्गा साबित हुने छ । पाँचपोखरी ईन्द्रवती नदिको उदगम स्थल र महा योगी मिलारेपा , गुरु रेन्पोर्छे , आमा याङ्ग्री को तपोभुमी र महादेवको अद्भुत शक्ती संचिती भएको स्थान हो ।
- बन्जी जम्प भोटेकोशी - विगत लामो समय देखी सिन्धुपाल्चोकलाई पर्यटकिय हिसाबले चिनाउदै आएको नाम हो , भोटेकोशी बन्जी जम्प । त्यसै यस साहसी खेल लाई कुनै पहिचान को खाँचो छैन । सम्भवत नेपालको सबैभन्दा अग्लो मध्ये एक र विश्व साहसिक पर्यटनमा सबैले चिन्ने बन्जी जम्प हो , भोटेकोशी बन्जी ।नेपालको राजधानी काठमाडौँ बाट एकदम नजिकको दुरीमा रहेको बन्जी तिब्बत र नेपालको सिमाना क्षेत्रमा अवस्थित छ । दुई डाँडाहरुलाई चिरेर गहिरो खोल्चा हुँदै बग्ने नदिमा माथी झोलुङ्गे पुलबाट खुट्टामा डोरी बधेर हाम्फाल्नु पक्कै साहसको खेल हो । भोटेकोशी बन्जी जम्पको उचाई करिब १६० मिटर अग्लो छ ।जिवनमा अविस्मरणिय याद हरुलाई सजाउन र अद्भुत अनुभवहरु लिन यो साहसिक खेल एकदम उत्तम गन्तव्य हो ।
- भोटेकोशी र्याफ्टिङ - अर्को साहसिक पर्यटनमा भोटेकोशी र्याफ्टिङ पर्दछ । नेपाली पर्यटन बजारमा भोटेकोशी र्याफ्टिङ एउटा परिचित नाम हो । यो नेपाल कै सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्र मध्य एक हो । राजधानी काठमाडौँ बाट करिब ३-४ घण्टाको मोटर यात्रा पछी यहाँ पुगिन्छ । अनुकुलता अनुसार निश्चित दुरीमा तपाईँहरु र्याफ्टिङ गर्न सकिने छ ।भोटेकोशी र्याफ्टिङ जोखिमपूर्ण/चुनौतिपूर्ण र्याफ्टिङको लागी विश्व कै प्रसिद्ध र्याफ्टिङ हो । समय हेरेर २ देखी ४ घण्टा करिब ६-७ किलोमिटरको दुरीमा खोला सँग लुकामारी गर्दै र्याफ्टिङको मज्जा लिन सकिने छ । र्याफ्टिङ सँगसँगै खोला वरिपरिका मनोरम दृश्य हरुको पनि अवलोकन गर्न सकिन्छ । भोटे नदिको खाडिचौर भन्दा तल बाह्रै महिना जल विहार गर्न सकिन्छ । सिन्धुपाल्चोक भोटेकोशी नदी सम्पूर्ण साहसिक पर्यटक हरुलाई जोखिमपूर्ण/चुनौतिपूर्ण र्याफ्टिङ गराउन सधै तयार छ ।
- सुकुटे बिज -सिन्धुपाल्चोक स्थित सुकुटे पछिल्लो समय धेरै पर्यटकहरुको रोजाईमा पर्ने गन्तव्य हो । नेपालको राजधानी काठमाडौँबाट करिब ७० किलोमिटरको दुरीमा अवस्थित यो ठाँउमा करिब २ घण्टाको मोटर यात्रा पछी पुग्न सकिन्छ । सुनकोशी र भोटेकोशी नदिको किनारामा फैलिएको यो ठाँउमा पर्यटकहरुको स्वागत सत्कारको लागी धेरै होटल , लज , रिसोर्टहरु रहेको छ । क्यामफयार , क्याम्पिङ , टेन्ट स्टे , पुल पार्टी यहाँका आकर्षण हुन । पर्यटकहरुले यहाँ र्याफ्टिङ , बिज भलिबल , योगा , ध्यान , पिकनिक , दृश्यावलोकन आदी विविध क्रीयाकलाप गर्न सकिन्छ । अस्तव्यस्त जिवन शैली , शहरको कोलाहल , आलास्य जिवन शैलीलाई मेटाई नयाँ जोश , उर्जा , आराम ,शान्ती , मनोरन्जनको अनुभुती गर्न सुकुटे एउटा उत्कृष्ट गन्तव्य हो , जुन काठमाडौँ बाट एकदम नजिकको दुरीमा छ ।
- लामा चौर प्याराग्लाईडिङ - नेपालको राजधानी काठमाडौँ बाट सबैभन्दा नजिकको प्याराग्लाईडिङ सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी -०९ , लामाचौरमा रहेको छ । भर्खर भर्खर उडान सुरु गरेको यो प्यालाग्लाईडिङ सिन्धुपाल्चोकमा पर्यटन प्रवद्धर्नको एउटा महत्वपूर्ण कदम हो । जुगल हिमशृङ्खला , अग्ला पहाड , भोटेकोशी खोला , खेतबारीका सुन्दर फाँटहरु अवलोकन गर्दै उडान भर्न सकिन्छ । काठमाडौँ बाट अरनिको र दोलालघाट - चौतारा सडक हुँदै यहाँ सम्म पुग्न सकिन्छ ।
- हेलम्बु - सिन्धुपाल्चोकको घुम्नै पर्ने र पुग्नै पर्ने ठाँउ हो , हेलम्बु क्षेत्र । ह्योल्मोहरुको पवित्र भुमी , उदगम स्थल हो यो ठाँउ । यहाँको आफ्नै मौलिक भाषा , संस्कृती , रहनसहन ,कला रहेको छ । ह्योल्मो बारे अध्यायन गर्न खोज्ने , बुझ्न खोज्ने व्यक्तिलाई हेलम्बुले सधै स्वागत गर्दछ । यहाँको अधिकंश ठाँउमा ह्योल्मो र शेर्पाहरुको बहुल्य रहेको छ । हिउँदमा हिउँले सपक्कै ढाक्ने हेलम्बु धार्मिक , साहसिक , सामाजिक पर्यटनको लागी प्रचुर सम्भावना भएको ठाँउ हो । हेलम्बु ग्रेट हिमालय ट्रेल यहाँको आर्कषणको केन्द्र हो । जुगल हिमाल र पाँच पोखरी को ट्रेकिङ यहाँ बाटै सुरु हुन्छ । स्थानियहरुको आस्था , विश्वासलाई झाल्काउन यहाँका धेरै ठाँउहरुमा गुम्बा , मन्दिरहरु प्रशस्त रुपमा बनेको छ ।मेलम्ची खानेपानीको मुहान , शेलावालिङ , लाङटाङ , गणेश लगायतका हिमाल , आमा याङ्ग्री , पाल्चोकी माई , ट्राउट माछाको व्यवसायिक खेती आदी विविध क्षेत्रको अवलोकन गर्ने उत्तम गन्तव्य हो , हेलम्बु । यसको उत्तरमा रसुवाको गोसाँई कुण्ड क्षेत्र पर्छ भने पश्चिममा नुवाकोट जिल्ला पर्छ । यहाँको अधिकांश भाग लाङटाङ राष्ट्रीय निकुन्ज मा पर्दछ । करिब ३५३६ मिटरको उचाईमा रहेको आमा याङ्ग्री यहाँको अर्को महत्त्वपूर्ण आकर्षण हो । जुन धार्मिक तथा पर्यटकिय हिसाबले प्रसिद्ध छ ।
- भैरव कुण्ड - सिन्धुपाल्चोक जिल्ला कै प्रसिद्ध मध्ये एक कुण्ड हो , भैरव कुण्ड । प्राकृतिक रुपले अति नै सुन्दर यो कुण्ड भोटेकोशी गाँउ पालिका -१ उत्तर पश्चिम तर्फ करिब समुद्र सतह देखी ३९८५ मिटर उचाईमा अवस्थित छ । यहाँ जनै पूर्णिमाको दिन ठुलो मेला लाग्ने गर्दछ । यहाँबाट लाक्पा दोर्जे , गौरी शंकर , जुगल , याङ्ग्री लगायतका हिमालहरु नियाल्न सकिन्छ । जलबिरे , ढाडे , पाङताङ , डल्ले पोखरी हुँदै यहाँ पुग्न सकिन्छ ।
- पिस्कर - मिती २०४० माघ १ गते पन्चायत विरुद्धको जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको साविक पिस्कर गा.वि.स. वा हालको त्रीपूरासुन्दरी गाँउ पालिका -०४ , पिस्करमा हुँदै थियो । यसै कार्यक्रमलाई बिथोल्न राज्यले हस्तक्षेप गरी गोली चलाएको थियो । यसै क्रममा कयौँ व्यक्ती मारिएको र घाइते भएका थिए भने धेरै व्यक्ती सहिद भएका थिए । यसै घटनालाई " पिस्कर हत्याकाण्ड " भनिन्छ । पन्चायत विरुद्धको आन्दोलन वा घटनाक्रममा यो पनि एक महत्त्वपूर्ण घटना हो । यसले पन्चायत सँग लड्न जनाताहरुलाई थप साहस र उर्जा दियो । यो नेपालको इतिहासमा व्यवस्था परिवर्तनको लागी सहयोग गरेको एतिहासिक घटना हो ।अहिले पिस्करमा यस घटना भएको ठाँउमा सहदत्त पाउनुभएका सहिदहरुको सम्झनामा पार्क , म्युजियम बनेको छ । यो ईतिहास अध्यायनको लागी एकदम महत्त्वपूर्ण स्थान हो ।
- तौथली - एतिहासिक , परम्परा , मौलिकता जोगाई राखेको एउटा पूरानो शहर हो , तौथली । त्रीपूरासुन्दरी गाँउपालिकामा अवस्थित प्राकृतिक रुपमा सजिएको यो शहर आफैँमा एउटा एतिहासिक ठाँउ हो । हजारौँ वर्ष अघिको किवदन्ती सँग जोडिएको यस शहरमा विशेष गरी नेवारी समुदायको बाक्लो बस्ती छ । नेवारी भाषामा " तौ " को अर्थ ठुलो र " थली " को अर्थ समथर भन्ने बुझिन्छ । यो शहर आफ्नै संसारमा रमाईरहेको छ । ' दही जात्रा ' यहाँको मौलिक संस्कृती हो भने अन्य धेरै चार्ड पर्व यहाँ मनाईन्छ । त्रीपूरासुन्दरी माई लगायतका धार्मिक स्थलहरु रहेको यो ठाँउमा हिउँदको समयमा भारी हिमपात हुन्छ । प्राकृतिक , एतिहासिक ,सांस्कृतिक रुपमा धेरै धनी तौथली एउटा सुन्दर र घुम्नै पर्ने गन्तव्य हो ।
- दुगुनागढी -दुगुना गढी एउटा एतिहासिक र साहसिक पर्यटनको लागी उत्कृष्ट गन्तव्य हो । सिन्धुपाल्चोक भोटेकोशी अन्तर्गत अवस्थित यो ठाँउको आफ्नै ईतिहास छ । नेपाल - तिब्बत युद्धमा दुगुनागढिको महत्त्वपूर्ण योगदान रहेको छ । यो गढी तिब्बत सँग लडाई लड्न तत्कालिन नेपालको प्रधानमन्त्री जंग बहादुर राणाले स्थापना गरेको थियो । यो ठाउँको प्रयोग रसद पानी, सुरक्षा र आवासको लागी प्रयोग गरिन्थ्यो । यस क्षेत्रमा शेर्पा जातिको बाक्लो बसोबास रहेको छ । पर्यटनहरुको स्वागत र सत्कारको लागी यहाँ होम स्टेहरु पनि व्यवस्था छ । साहसिक पर्यटनको लागी यो एउटा राम्रो ट्रेकिङ रुट पनि हो । प्राकृतिक रुपमा एकदम सुन्दर यो ठाँउ पर्यटकिय सम्भावना बोकेको प्रकृतिको उपाहार हो ।
- तातोपानी - तपाईँलाई अच्चम लाग्ला ! कुनै प्राकृतिक धाराबाट ४४ डिग्री सेल्सियसको तातोपानी बग्छ भन्दा । हो , सिन्धुपाल्चोक तातोपानीमा रहेको धारा बाट प्राकृतिक रुपमै तातो पानी बग्छ । बर्षेनी हजारौँ भक्तजनहरु यहाँ नुहाउन कै लागी देशका विभिन्न ठाँउबाट आईपुग्छ ।यहाँ नुहाउँदा छाला लगायतका रोग निको हुने विश्वास छ । बर्षेनी यहाँ ठुलो मेला लाग्ने गर्दछ । यो धार्मिक पर्यटनको लागी धेरै सम्भावना भएको स्थान हो ।त्यस्तै तातोपानी नाका चिन र नेपालको आयात निर्यात व्यापारको ठुलो केन्द्र हो । यस नाका हुँदै विभिन्न सामग्रीहरु आयात निर्यात हुने गर्दछ । तातोपानी भन्दा माथी तिब्बतको खासा बजार छ ।तातोपानी पुग्ने मान्छे खासा बजार पुग्ने नै गर्दछ । यस क्षेत्रको भुगोल भने कठिन छ । भुकम्प, बाढी , पहिरोका कारणले तातोपानी नाका बेलाबेला बन्द हुँदै आईरहेको छ ।
- मितेरी पुल - सिन्धुपाल्चोकको एउटा आकर्षणको केन्द्र हो , मितेरी पुल । भोटेकोशीको कोदारी लिपिङ अवस्थित यो पुलले नेपाल र तिब्बत लाई जोड्छ । चिनको तिब्बत र नेपाल बिच तातोपानी बाट आयत निर्यातको व्यापार हुँदा यसै पुल को प्रयोग हुँदै हुने गर्दछ । पुलको नेपाल तिर नेपालको भन्सार कार्यालय र अध्यागमन कार्यालय छ ।
- चौतारा - सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजार एक एतिहासिक र सांस्कृतिक शहर हो । चौताराको आफ्नै कला , संस्कृती , भाषा , साहित्य , रहनसहन छ । यस बजारको मुख्य भागमा नेवारी समुदायको बसोबास छ भने आसपास सम्पूर्ण प्रकारका जात जातीहरु बसोबास गर्ने गरेका छन । चौताराको कृष्ण मन्दिर , गणेश मन्दिर , पुरानो बजार , टुडिखेल , चौतारा गुम्बा , चौतारा बुद्ध पार्क लगायत यहाँका कला , संस्कृती यहाँको विशेषता हो । चौतारा बाट केहि माथीको दुरीमा जिल्ला कै प्रसिद्ध गौरती भिमेश्वर मन्दिर छ अनि अझ अलि माथी स्याउलेमा हर्लङबर्लङ मन्दिर छ ।
- ड्रायगन चट्टान - जुगल गाँउपालिका साविकको बरुवा गा .वि.स. मा यो रहस्यमय चट्टान ( शिला ) रहेको छ । समुद्र सतह देखी करिब ३६०० मिटरको उचाईमा रहेको यो चट्टानको लम्बाई १०० फिट र चौडाई ३० फिट रहेको छ । लाङटाङ र जुगल हिमालको बिच भाग र दोर्जे लाक्पा हिमालको काखैमा अवस्थित यो शिला २०० बर्ष अघी एक चौरी गोठालोले पत्ता लगाएको किवदन्ती रहेको छ । यो चट्टानको आकार पुरै ड्रायगनको जस्तै रहेकाले स्थानिय शेर्पा भाषामा यसलाई डुग रन्जेन ( प्राकृतिक ड्रायगन ) भनिएको यहाँका स्थानियहरु बताउँछन । धेरै पर्यटकिय सम्भावना बोकेको यस ठाँउ विविध कारणले ओझेल मा परेको छ । ड्रायगन आकारको अद्भुत चट्टान प्रकृतीको रहस्यमय उपहार हो । यहाँ यात्रा गर्दा विभिन्न हिमाल , पहाड , समुदाय , संस्कृती , मानव सभ्यताको अवलोकन गर्न सकिन्छ । त्यसैले सिन्धुपाल्चोक पुग्दा घुम्नै पर्ने एक ठाँउ हो , ड्रायगन चट्टान ।
- हवेली - सिन्धुपाल्चोक जिल्लाको एतिहासिक र पुरातत्त्विक महत्त्वको ठाँउ हो , हवेली । भोटेकोशी गाँउ पालिका ०३ छिम्दिमा रहेको यस हवेलीको निर्माण वि.स. १८९० मा कमाण्डर विर सिंह थापाले गरेका थिए । एकदम पुरानो सम्पदा हवेली संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । यसले तात्कालिन समयको इतिहास बोकेको छ ।कथा बोकेको छ । इतिहास अध्यातको लागी सायद यो एउटा सुन्दर गन्तव्य हुन सक्छ ।
- ने प मासाल गुफा - प्रकृती आफैँ एक महान सृष्टिकर्ता हो । प्रकृतीको सिर्जनाले कसलाई पो नलोभ्याउला ? यस्तै एउटा प्रकृतीको अद्भुत सिर्जना हो , सिन्धुपाल्चोक जुगल गाँउपालिका - ३ मा अवस्थित ने प मासाल गुफा । जुगल हिमालको काखैमा रहेको यो गुफा एकदम ठुलो छ । यसमा करिब ३ -४ हजार मानिसहरु अटाउन सक्ने बताएको छ । सुन्दर र हरियाली जंगलको बिचमा अवस्थित यो गुफामा बौद्ध धर्मका गुरु रिम्पोर्छेले ध्यान गरेको स्थानियहरु विश्वास गर्छन ।यहाँ रहेका खोल्साहरुमा रातो ढुंगा पाईन्छ ।
- भोटे चौर - चिया बगान भन्ने बित्तिकै पूर्वी नेपालको सम्झना आउँछ । के तपाईलाई थाहा छ ? नेपालको राजधानी काठमाडौँ बाट एकदम नजिकै पनि चिया बगान रहेको छ । जसलाई मिनी इलाम पनि भनिन्छ । हो , हामी कुरा गर्दै छौ सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा अवस्थित भोटे चौर । यहाँका पाखाहरुमा व्यवसायिक चिया खेती गरिन्छ । राजधानी सँगै सिमा जोडिएको यो क्षेत्रमा साँखु हुँदै जाने बाटो छ। छोटो र मिठो घुमाईको लागी यो उत्कृष्ट गन्तव्य हो ।
- विभिन्न जल विद्युत आयोजना - उज्यालो नेपाल अभियानमा महत्त्वपूर्ण योगदान पुर्याएको जिल्लाहरु एक हो , सिन्धुपाल्चोक । साना - ठुला गरी यहाँ दर्जन भन्दा जल विद्युत आयोजनाहरु संचालनमा छ । पछिल्लो समय केहि आयोजनाहरु निर्माण हुने क्रममा पनि रहेको छ । मध्य भोटेकोशी , अप्पर भोटेकोशी , बलेफी , सानो सुनकोशी ( २.५ मेगा वाट ) , ईन्द्रवती - ३ , माथिल्लो हाडिखोला , भैरवा कुण्ड , बराम्ची , सुनकोशी , अप्पर न्यसम खोला , ब्रमायणी लगायतका धेरै साना ठुला जल विद्युत आयोजना यहाँ संचालित छन । जहाँ बाट उत्पादन भएको विजुली यहाँ नै खपत गरिन्छ भने बाँकी राष्ट्रीय प्रसारण लाईनमा पठाईन्छ । जल विद्युतमा आत्म निर्भर जिल्ला सिन्धुपाल्चोक पुग्दा यहाँ संचालित जल विद्युत आयोजना मुख्य आकर्षणको केन्द्र हो ।
यहाँ उल्लेख गरेका बाहेक सिन्धुपाल्चोक जिल्लामा धेरै धार्मिक तथा पर्यटकिय स्थलहरु रहेको छ । पर्यटनको लागी भौतिक पूर्वधार , सम्भावना , निती योजना , थप वैज्ञानिक अध्यायन अनुसन्धानको कमिले यहाँ लुकेर रहेका धेरै धार्मिक तथा पर्यटकिय ठाँउहरु ओझेलामा परेको छ ।
वि.स. २०७२ सालको गोरखा भूकम्पले सबैभन्दा प्रभावित मध्य एक जिल्ला हो सिन्धुपाल्चोक । वि.स. २०७१ सालको जुरे पहिरोले पुरिएको जिल्ला हो सिन्धुपाल्चोक । यस जिल्लामा बर्षेनी प्राकृतिक प्रकोपहरुले ठुलो मानविय तथा धन जनमा क्षति पुर्याउँछ । बाढी , पहिरो ,डुबान लगायतको पिडासँग जुध्दै यहाँका मान्छेहरु कसरी आफ्नो जिवन निर्वाह गरिरहेका छन ? विनाशले भत्काएका सपनाहरुलाई कसरी फेरी बुन्दै छन ? समस्याहरुलाई कसरी अवसरहरुमा बदल्दै छन ? विनाशको बिचमा कसरी सम्भावना खोज्दै छ्न ? भूकम्पले लडाएका बस्ती गाँउ कसरी फेरी उठ्दै छन ? विकासको बाटो ,यहाँका सामाजिक , आर्थीक ,भौगोलिक समस्या बारे अध्यायन अनुसन्धान गर्न सिन्धुपाल्चोक राम्रो गन्तव्य हो । यस्ता यस्तै विविध पक्षहरुमा चिन्तन मनन गदै यात्रा गर्दा सिन्धुपाल्चोकको यात्रा साचै फलदायी र रोमान्चक हुने नै छ ।