सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद चर्किँदै”, “सिन्धु काभ्रे सिमा विवाद उत्कर्षमा, बन्देउ क्षेत्रमा दुवै जिल्लाको दावी”, “बसाइ सिन्धुपाल्चोक, नागरिकता काभ्रेको हुँदा स्थानीय पीडित”, “काभ्रे र सिन्धु सिमा विवाद समाधानको लागि यस्तो भयो सहमती”, "काभ्रे सिन्धु सिमा विवाद झनै पेचिलो बन्दै, शान्ति सुरक्षाको माग गर्दै स्थानीय पुगे प्रशासन” …………आदी इत्यादी ।

माथीका सबै सिन्धुपाल्चोक - काभ्रे सिमाना विवाद बारे राष्ट्रीय तथा स्थानिय अनलाईन पोर्टलमा केहि समय अगाडी लेखिएका समाचार शिर्षकहरु हुन । धेरै समय अघी देखी ईन्द्रवती तटिय क्षेत्रका बन्दिटार,  बेलडाँडा, डुम्रेबेसिँ, दोलालघाट क्षेत्रमा सिन्धुपाल्चोक र काभ्रेको सिमाना विवाद छ । दुवै जिल्लाले यि क्षेत्र आफ्नो दाबी गर्दै आईरहेको छ । विशेषगरी प्राकृतिक स्रोतसाधान उपभोग, बाँडफाँटमा दुवै जिल्लाले दाबी गर्ने गरेको छ ।

बेला बेला उत्कर्षमा पुग्दै सेलाउने सिमा विवाद काभ्रेको भुम्लु गाउँपालिकाले वि.स. २०७९ -०५-२६ नयाँ पत्रीकामा बन्देउ मुनिको बगर, डुम्रेबगर, सिस्नेरी बगरको बोलपत्रको सुचना र दोलालघाट बसपार्क क्षेत्रको स्थान खाली गर्न ३५ दिने सुचना तथा चौतारा साँगाचोक गढी -११ का स्थानियले सिस्नेरी बगरबाट बालुवा, ढुङ्गा उत्खन्नगरे पछी फेरी अहिले चर्चामा आएको छ । भुम्लु गाउँपालिकाको बोलपत्र र दोलालघाट बसपार्क क्षेत्रको स्थान खाली गर्ने सुचना विरुद्ध चौतारा साँगाचोक गढी -११ का वडाध्यक्षले रोशन गिरीले सर्वोच्चमा रिट निवेदन दिएकोमा सर्वोच्चले भुम्लु गाउँपालिकाको सुचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अहिले सर्वोच्चमा यो मुद्धा विचाराधिन छ । (जुगल खबर, December 21, 2022)

सतहमा आएको समाचार अनुसार भुम्लु गाउँपालिकाका अध्यक्ष सहितको टोली महादेव टार गएर स्थानियलाई बगरबाट बालुवा, गिट्टी उत्खन्न गर्न भन्दै चेतावनी दिएको भन्ने छ । त्यसले महादेव टारका स्थानियहरु जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा शान्ती सुरक्षाको माग राख्दै निवेदन दिन पुगेको खबर आएको छ । तर, भुम्लु गाउँपालिकाको अध्यक्षले भने आफु अनुगमनको लागी गएको र स्थानियले आक्रमण गर्न खोजेको बताएको छ । (जुगल खबर, December 21, 2022)

सिन्धु–काभ्रे सीमा विवादः मारमा स्थानीय / Source: globalpatee (Photo: One year ago)

कसरी सुरु भयो काभ्रे- सिन्धु सिमा विवाद?

२०३३ माघ २८ गतेको निर्णायमा राजपत्रमा प्रकाशित गरिएको सुचना अनुसार ईन्द्रवती र सुनकोशीलाई सिमा मानेर वारिपारी काभ्रे र सिन्धुपाल्चोक भनी छुट्याएको कुरा प्रष्ट छ । तर, २०३८ को तत्काली राष्ट्रीय पन्चायत सदस्य गोविन्द उप्रेतीले मन्त्री परिषदको निर्णय विपरित अहिले सिमा विवाद रहेका गाउँहरु काभ्रेको भनी दावी गरेका थिए । २०४३ मा स्थलगत अध्यायन पछी नापी महाशाखाले सुनकोशी र ईन्द्रवती नदिलाई सिमाना मानी वारिपारी काभ्रे र सिन्धुपाल्चोक भएको र बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसी सिन्धुपाल्चोक अन्तर्गत रहेको नक्सा पेस गरेको विभिन्न स्रोतहरुमा प्रष्ट लेखिएको छ ।

 तर, राष्ट्रीय पन्चायत सदस्य गोविन्द उप्रेतीले सत्ता र शक्तीको सहयोगमा २०४५ मा यस क्षेत्रको कित्ता नापी गर्ने सरकारी अभियान नै रोकिदियो । (Naya Patrika, 2021-12-14) त्यस यता यो भुभागमा कित्ता नापी नै भएको छैन । र, यो भुभाग दुवै जिल्लाले दाबी गर्दै आईरहेको छ ।

सिमा विवादमा रहेको स्थानका स्थानियको समस्याहरु 

सिमा विवादित भनिएको क्षेत्र सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका - ११ र काभ्रे भुम्लु गाउँपालिका -८/ ६ लगायतमा पर्छ । यो क्षेत्रमा १०० भन्दा बढी घरपरिवारको बसोबास छ ।

  • आफुहरुले पुस्तौ देखी भोगचलन गर्दै आईरहेको जमिनको लाल पुर्जा नहुनु,
  • एउटै घर व्यक्तीको नागरिकतामा ठेगाना काभ्रे र सिन्धुपाल्चोक हुनु,
  • डुम्रे बगर, सिस्नेरी बगर, क्षेत्रको बालुवा, गिट्टी प्रयोग गर्न नपाउनु
  • नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद काभ्रेको छ, तर घरजग्गाको नक्सा भने सिन्धुपाल्चोकमा (2021-12-14, Naya Patrika)

यी विविध कारणहरुले निम्त्याएको समस्याको समाधानका लागी यहाँका स्थानियहरुले धेरै समय देखी संघर्ष गर्दै आईरहेको छ । जग्गा जमिनको लालपुर्जा नहुँदा स्थानियहरु विभिन्न सरकारी सेवा सुविधाबाट बन्चित छन । सिमा विवाद समाधानका कुरा सरकारका उच्च पदस्थका सामु नपुगेको पनि होइन । तर, सबै निकाय सिमा विवादमा मुखदर्शक जस्तै देखिन्छन ।

डुम्रे गाउँका बासिन्दाले त सिमा विवाद समाधान नभएको भन्दै गत मंसिर ४ को प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन नै बहिष्कार गर्‍यो ।

विवादित सिमा समस्या समाधानका प्रयास


दुई जिल्ला बिच लामो समय सम्म सिमा समस्या रहे पछी त्यसको समाधानको लागी सिन्धुपाल्चोक र काभ्रे सिमा व्यवस्थापन समन्वयन समिती गठन गरिएको छ । यसले सिमाना विवादमा पहल कदामी चाल्ने कार्य गर्दछ । यस समितीको पछिल्लो बैठक मिती २०७९ पुस १० गते काभ्रेमा सम्पन्न भएको छ । यस अघी पनि विभिन्न समयमा धेरै चारणमा समस्या समाधानको प्रयास नभएको भने होइन । तर ठोस नतिजा अझै आईसकेको छैन ।