संविधानले तोकेको ५ वर्षे कार्यकाल सकिएसँगै संघीय र प्रदेशसभामा नयाँ प्रतिनिधि चयनका लागि २०७९ मंसिर ४ गते एउटै चरणमा दुवै तहको निर्वाचन सम्पन्न भयो । यस लेखमा सिन्धुपाल्चोक जिल्लाको चुनावी परिणाम, मतदाता संख्या, खसेको भोट, आदिको बारेमा जानकारी गराउने छौँ ।

सिन्धुपाल्चोक जिल्लामा सङ्घीय संसद्तर्फ दुई प्रतिनिधि सभा क्षेत्र छन् । र प्रदेश संसद तर्फ चार प्रदेश सभा क्षेत्र छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन - २०७९ मा सिन्धुपाल्चोकमा जम्मा २ लाख ६० हजार २ सय ७३ मतदाताहरु रहेको थियो । जसमा १ लाख ३४ हजार ८ सय १५ पुरुष र १ लाख २५ हजार ४ सय ५८ महिलाहरु हुन । यस निर्वाचनमा सिन्धुपाल्चोकको चुनावी मैदानमा मुख्य गरी बाम लोकतान्त्रीक गठबन्धन (काङ्रेस - माओवादी - अरु दलहरु) र एमाले रहेको थियो । साथै अरु दलको र स्वतन्त्र उम्मेद्वारहरुको चुनावी मैदानमा भागदौड थियो ।

२०७४ को प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा बाम गठबन्धन र काङ्रेसको मुख्य प्रतिस्पर्धा सिन्धुपाल्चोकमा थियो । फलस्वरुप त्यस चुनावमा प्रतिनिधी सभा तर्फ क्षेत्र नं १ बाट माओवादी केन्द्रका अग्नी सापकोटा र क्षेत्र नं २ बाट एमालेका शेर बहादुर तामाङले जितेका थिए । सापकोटा प्रतिनिधी सभाको सभामुख र तामाङ नेपाल सरकारको मन्त्री सम्मको पदमा आसिन भए ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन - २०७९ को नतिजा 

२०७९ को यस चुनावमा प्रतिनिधी देखी प्रदेश सभा सम्मको सबै उम्मेद्वारहरु बाम लोकतान्त्रीक गठबन्धन बाटै रह्यो । प्रतिनिधि सभामा क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नं २ मा काङ्ग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन । प्रदेश सभा तर्फ काङ्ग्रेसका मसिना खड्का, माओवादीका सरल सहयात्री , माओवादीका युवराज दुलाल र काङ्ग्रेसका कृष्ण कुमार तामाङ निर्वाचित भएका छन।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १

सिन्धुपाल्चोक क्षेत्र नं १ मा यस निर्वाचनमा कुल १ लाख ३० हजार ७ सय ९ मतदाताहरु रहेका थिए । जसमा जम्मा ६९५८८ ( ५३.२८%) मत खसेको थियो । यस निर्वाचनमा यो क्षेत्रबाट पार्टिगत र स्वतन्त्र गरी १४ जना उम्मेद्वारहरु थिए । कुल ३०३७४ मत ल्याएर गठबन्धनबाट माओवादी केन्द्रका माधव सापकोटा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भए । भने उनका निकटम प्रतिद्वन्दी एमालेका सरेस नेपालले २७०१८ मत प्राप्त गरे ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१)

सिन्धुपाल्चोक प्रदेश सभा निर्वाचन क्षेत्र नं १(१) मा गठबन्धनका साझा उम्मेद्वार काङ्ग्रेसका मसिना खड्का निर्वाचित भईन । उनले कुल १४६५२ मत प्राप्त गरेकी थिईन । उनका प्रतिस्पर्धी एमालेका युद्ध विक्रम तामाङले १३४९० प्राप्त गरेका थिए । यस क्षेत्रमा ६६ हजार ७ सय ५५ मतदाताहरु रहेकोमा जम्मा ३३८७१ ( ५०.७३%) भोट मात्र झरेको थियो । यस क्षेत्रमा जम्मा ९ जना उम्मेद्वार निर्वाचनमा सहभागी थिए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (२)

प्रदेश सभा क्षेत्र नं १ (२) मा माओवादी केन्द्रका सरल सहयात्री १७२५६ भोट सहित निर्वाचित हुन सफल भएका छन । उनलाई पछ्याउदै एमालेका होम नारायण श्रेष्ठले १३०१३ मत मात्र ल्याए । यि दुई सहित यस पदको लागी यहाँ ६ जना उम्मेद्वारहरु चुनावी मैदान थिए । कुल  ६३ हजार ९ सय ५४ मतदाता रहेका यस क्षेत्रमा  ३५७१७ (५५.८४%) मात्र भोट खसेको थियो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २

सिन्धुपाल्चोकको यो निर्वाचन क्षेत्र निर्वाचन अघी देखी नै चर्चामा रहेको थियो । किनकी यस क्षेत्रमा संघिय मन्त्री भईसकेका दुई व्यक्ती चुनावी मैदानमा थिए । गठबन्धनबाट काङ्ग्रेसका मोहन बस्नेत र एमालेबाट शेर बहादुर तामाङको प्रतिस्पर्धाले यो क्षेत्र तातेको थियो । मतपरिणाम आउँदै गएपछी मोहन बस्नेतले सुरुवाती समय देखी नै अग्रता लियो र अग्रतालाई जोगाउदै कुल ३९३६७ मत ल्याएर आफ्नो निकटम प्रतिद्वन्दीलाई भारी मतन्तरले पराजय गरायो । प्रतिद्वन्दी तामाङले २७४९३ मत मात्र पायो, जुन जितको लागी पर्याप्त भएन । यस क्षेत्रमा १३ जना उम्मेद्वारहरु चुनावी मैदानमा थिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ (१)

२०९०३ मत सहित सिन्धुपाल्चोक प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (१) मा माओवादी युवा नेता युवराज दुलालले जित हासिल गरेका छन । उनका निकटतम प्रतिद्वन्दी रहेको एमालेका अमान सिंह तामाङले जम्मा १२१३९ मत प्राप्त गरे । यि दुई सहित यस क्षेत्रमा प्रदेश सभा सदस्यको लागी ७ जना उम्मेद्वारहरु चुनावी मैदानमा थिए । यस क्षेत्रमा जम्मा ६२ हजार ९ सय ७२ मतदाताहरु थिए ।तर जम्मा ३७६३७ ( ५७.७६%) ले मात्र भोट हाल्यो ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ (२)

सिन्धुपाल्चोक प्रदेश सभा निर्वाचन क्षेत्र नं २ (२) मा कुल ६६ हजार ५ सय ९२  मतदाताहरु नामावली रहेको थियो । तर, ३९०७९ ( ५८.६८%) मतदाताहरुले मात्रै भोट हाल्यो । यस क्षेत्रबाट प्रदेश सभामा नेपाली काङ्ग्रेसका कृष्ण कुमार तामाङ निर्वाचित भए । उनले १७७५८ मत ल्याए भने उनका प्रतिद्वन्दी एमालेका हस्त बहादुर पण्डितले १६२५३ मत प्राप्त गरे । यस क्षेत्रमा प्रदेश सभा सदस्यको लागी ८ जना उम्मेद्वार चुनावी मैदान थिए ।