सिन्धुपाल्चोकबाट विजयी प्रदेश तथा प्रतिनिधी सभा सदस्यहरु सबैलाई निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौँ ।
भर्खरै निर्वाचन सकिएको छ । चुनावको नतिजा पनि आईसकेको छ । निर्वाचित उम्मेद्वारहरु विजय र्याली गर्न मै व्यस्त छन । सायद, पराजय भोगेका उम्मेद्वार आत्मसमिक्षाको घडिमा छन । यसै सन्दर्भमा आफ्नो गाउँ ठाउँबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई, कार्यकालको शुभकामना सहित केहि सुझाव पेश गर्ने कोशीस गरेका छौँ ।अनि साथसाथै पराजय भोगेका उम्मेद्वारहरुलाई बलियो आत्मसमिक्षा र कमजोर पक्ष सुधार्दै अझ शसक्त रुपमा आउने आशा गरेका छौँ ।
सिन्धु विकासको साँचो जनताले सुम्पिएको छ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै जनताले आवधिक निर्वाचन प्रणाली मार्फत आफ्नो प्रतिनिधि आफै चुनेर निती निर्माणको तहमा पुर्याउनु हो । सिन्धुपाल्चोक नागरिकहरु ठुलो आशा भरोसा र विश्वासका साथ आफ्ना प्रतिनिधि चुनेको छ । चुनाव भन्दा अघिका बाचा र वचनमा जनप्रतिनिधिहरु इमानदार देखिनेमा सिन्धुबासीहरु निकै हर्षित छन । आफु सँग पराजित भएकाहरुको पनि सल्लाह सुझाव लिदै आफ्नो ठाउँ बनाउन कटिबद्धताका साथ लाग्ने, नातावाद, कृपावादको राजनितिलाई निषेध गर्दै, व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सबै पक्षलाई मिलाएर जान सके सिन्धुको विकास छोटो समय मै सम्भाव छ । विगतमा राजनितिक किचलो, जस लिने होड, अनावश्यक विकास खर्च, आदिले नेतृत्वको आलोचना पनि भएको छ । यस्ता सबै पक्षहरुलाई ध्यानमा राखेर काम गर्ने छ भने विश्वास हामी सबैको हो ।
जोड दिनु पर्ने मुख्य क्षेत्रहरु सुझावको रुपमा
शिक्षा
शिक्षा कुनै पनि स्थानको एकदम महत्त्वपुर्ण तत्त्व हो । व्यक्तिको सिप क्षमता विकास सँगसँगै समाजको विकासको लागी शिक्षा आवश्यक छ । सिन्धुपाल्चोकमा शिक्षाको स्थित कस्तो छ? अझ सामुदायिक विद्यालय, क्याम्पसको स्थिती बारे जनप्रतिनिधिहरुको ध्यान जान आवश्यक छ। व्यावसायिक, उत्पादन मुलक र प्राविधिक शिक्षा लाई अझ विशेष गरी जोड दिनु पर्ने देखिन्छ । शैक्षिक संस्थाहरुमा शिक्षक र विद्यार्थीहरुको पार्टिगत राजनितिको अन्त्य गर्नु पनि आजको आवश्यकता हो । यदी शिक्षाको गुणस्तर बढानु छ भने ।
स्वास्थ्य
स्वास्थ्यको स्थिती सिन्धुपाल्चोकमा नाजुक देखिन्छ । जिल्ला अस्पताल कै सेवा, सुविधामा जिल्लाबासीहरु सन्तुष्ट छैनन । सामान्य उपचारको लागी पनि जिल्लाबासीहरु धुलिखेल, राजधानी काठमाडौँ जाने गरेको छ । गाउँ गाउँको स्वास्थ्य चौकीहरु खासै सुविधा सम्पन्न छैन । यस प्रती नवनिर्वाचित जनप्रतिनिधिहरुको विशेष ध्यान जान आवश्यक छ ।
पर्यटन
पर्यटन सिन्धुपाल्चोक विकासको कोशेढुङ्गा साविक हुने पक्का हो । साहसिक, धार्मिक, साँस्कृतिक पर्यटनको धेरै सम्भावना भएको जिल्ला हो, सिन्धुपाल्चोक । हिमाल, नदिनाला, पहाडका सुन्दर दृश्यहरुले जोकोहिलाई लोभ्याउछ नै । पाँचपोखरी, जुगल, भैरवकुण्ड, लगायतका क्षेत्रलाई अझ सपोर्टको जरुरी छ । पर्यटन बाटै यहाँका मानिसहरुले राम्रो आम्दानी गर्न सकिन्छ । यसको लागी नवनिर्वाचित जनप्रतिनिधिहरु पक्कै केहि योजना र खाका होला नै ।
प्राकृतिक प्रकोप
हामी सबैलाई थाहा भएकै कुरा हो , सिन्धुपाल्चोक बर्षेनी प्राकृतिक प्रकोपमा थलिरहने जिल्ला हो । २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प, केहि बर्ष अघिको हेलम्बु - मेलम्ची बाढी सिन्धुपाल्चोकको लागी विर्सन नसक्ने दिनहरु हुन । प्राकृतिक प्रकोप सँग जुध्न हामी खासै पुर्व तयारी गर्दैनौँ । र धेरै क्षेती भोगीरहेको छौँ । स्थानिय निकाय सँग यसको लागी पर्याप्त स्रोत नहुन सक्छ । त्यसैले प्रदेश तथा प्रतिनिधी सभाका नवनिर्वाचित सदस्य ज्यूहरुले यसको लागी समन्वयन गर्नु पर्ने देखिन्छ । यस बारे सिन्धु जनताहरुले पक्कै केहि कदम चालोस भन्ने अपेक्षा राखेका छन ।
वातावरण
प्राकृतिक रुपमा सिन्धुपाल्चोक एकदम सुन्दर छ । यो उच्च हिमाली क्षेत्र देखी मध्य पहाड सम्म फैलिएको जिल्ला हो । यहाँ संचालित जलविद्युत आयोजनाहरुले वरपरको समुदायमा परेको असर,वातावरणिय असर, खानेपानी आयोजनाले स्थानिय र वातावरणलाई पारेको असरबारे कुरा उठाउने जिम्मा अब जनताले जनप्रतिनिधिहरुलाई सुम्पिएको छ । हिमालहरु कालो पथ्थरमा परिणत भएर कृतिक हिँउले हेलम्बुका हिमाल सेतो पारिने कुरा हामीले सुन्दै आएका छौँ ।
यि बाहेक पनि धेरै कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ । कृषी आधुनुकिकरणमा स्थानिय निकाय सँग समन्वय गर्ने, यहाँ उत्पादित कुराहरुको बजारीकरणका योजना नवनिर्वाचित जनप्रतिनिधिको प्राथमिकतामा परेको खण्डमा सिन्धुपाल्चोकले छोटो समय मै विकासमा फड्को मार्न सकिन्थ्यो, कि ?