मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लामा अवस्थित १२ मध्ये एक स्थानिय निकाय / सरकार हो । वि.स. २०७१ मंसिर १ गतेको नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार साविकको सिन्धुकोट , ज्यामिरे , तालामाराङ , शिखरपुर , बाँसबारी , मेलम्ची र फटकाशिला गरी जम्मा सात वटा गाउँ विकास समितीहरु मिलेर मेलम्ची नगरपालिका बनेको थियो । नयाँ सविधान पछिको राज्य पुर्न संरचनाको क्रममा विस २०७३ फाल्गुन २७ गते राजपत्रमा प्रकाशित सूचना अनुसार साविकको मेलम्ची नगरपालिका सँग ४ गाउँ विकास समितीहरु ( भोटेचौर , हैबुङ , थकनी र दुवोचौर ) समायोजन भई अहिलेको मेलम्ची नगरपालिका बनेको हो । मेलम्ची नगरपालिका लाई १३ वटा वडाहरुमा विभाजन गरिएको छ ।
नेपालको राजधानी काठमाडौंबाट अरनिको राजमार्ग हुँदै जिरोकिलो सम्म र जिरोकिलो-मेलम्ची - हेलम्बु हुँदै यहाँ पुग्न सकिन्छ । यस बाहेक सदर मुकाम चौतारा बाट वैकल्पिक सडक हुँदै र राजधानी काठमाडौँबाट पनि अन्य वैकल्पिक मार्ग हुँदै ( भोटेचौर ) यस नगरमा पुग्न सकिन्छ ।
मेलम्ची नगरपालिकाको जम्मा क्षेत्रफल १५८.१६ वर्ग किलोमिटर रहेको छ । सिन्धुपाल्चोक जिल्लाको ६.३१५ प्रतिशत क्षेत्रफल ओगटेको यस पालिकाले नेपालको कूल क्षेत्रफल मध्ये ०.११५ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस नगरको सबैभन्दा होचो ठाँउ ७०२.५३ मिटर उचाई सहित (समुद्र सतहदेखी) वडा नम्बर १३ मा पर्दछ ।
यस नगरपालिकाको पूर्वी सिमाना ईन्द्रवती र पाँच पोखरी थाङ्पाल गाउँपालिका सँग जोडिएको छ । तेस्तै पश्चिमी सिमाना काठमाडौँको शङ्खरपूर नगरपालिका र नुवाकोटको शिवपुरी गाउँपालिका, उत्तरी सिमाना पाँच पोखरी थाङ्पाल र हेलम्बु गाउँपालिका सँग जोडिएको छ भने दक्षिणी सिमाना काभ्रेको मन्दन देउपुर नगरपालिका सँग जोडिएको छ ।
खेती योग्य जमिन
मेलम्ची नगरपालिकाको कुल क्षेत्रफलको करिब ६५.४४ प्रतिशत ( १०५ ११ वर्ग कि.मि ) भुभाग खेती योग्य जमिनले ढाकेको छ । अर्थात कुल १५५६१ हेक्टर क्षेत्रफलामा फैलिएको पालिकाको करिब ९१९५ हेक्टर जमिनमा कृषी खेती हुने गर्दछ । खेती योग्य जमिनमा आलु , किवी , धन , कोदो , फापर , मकै , कागती , चिया(भोटेचौर) लगायतका खाद्यन्न लगाईन्छ । विभिन्न स्थानमा आधुनिक तरिकाले व्यावसायिक खेती गरेको पाईन्छ । माछा पालन , पशुपालन , व्यावसायिक खेतीले यहाँका मान्छेहरुले मनग्य आम्दानी गरिरहेका छन ।
जनसंख्याको विवरण
वि.स.२०६८ सालको गणना अनुसार जम्मा ९९९२ घरधुरी सहित ४५३४३ जनसंख्या रहेको थियो । जनघनत्वको आधारमा हेर्दा १ किलोमिटर क्षेत्रफल मा लगभग ३६६ जना मानिस बसोबास गर्दथ्यो । उक्त जनगणना महिला २१७२९ र पुरुष २३६१४ थियो ।
पछिल्लो समय वि.स. २०७८ को जनगणना अनुसार मेलम्ची को जम्मा जनसंख्या ४११७० रहेको छ । त्यस्तै जनगणना घर संख्या १०८११ र परिवार संख्या ११३४९ रहेको छ । जम्मा जनसंख्यामा २००७३ जना पुरुष र २१०९७ महिला रहेको छ । वि.स. २०७८ को तथ्यांकले वि.स. २०६८ को भन्दा जनसंख्या घटेको देखाएको छ ।
मतदाता संख्या , मतदान स्थल , मतदान केन्द्र
वि स २०७९ बैशाख ३० को स्थानिय निर्वाचनमा यहाँ जम्मा ३९२०५ मतदाताहरु रहेका छन । जस मा २०२७६ पुरुष र १८९२९ महिला हुन । यहाँ १४ मतदान स्थल र ४५ मतदान केन्द्र रहेको छ ।
शैक्षिक संस्थाहरुको विवरण
नगरभरी २ वटा सामुदायिक क्याम्पस , ७० वटा सामुदायिक विद्यालय , ९ वटा संस्थागत विद्यालय , ४ वटा सामुदायिक सिकाई केन्द्र , ५५ वटा सामुदायमा आधारित बाल विकास केन्द्र , २ वटा प्राविधिक धारको विद्यालय , र एउटा वैकल्पिक विद्यालय रहेका छन ।
वि.स.२०६८ अनुसार नगरका जम्मा साक्षरता दर ५९.६६ प्रतिशत रहेको थियो । यस मध्ये ५१.०७ प्रतिशत महिला र ६९.०५ प्रतिशत पुरुष रहेका थिए ।
वि स २०७८ अनुसार जम्मा साक्षरता दर सार्वजानिक भएको छैन ।
स्वास्थ्य संस्थाहरुको विवरण
प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी १०, पोलिक्लिनिक निजी १, डेन्टल निजी २, शहरी स्वास्थ्य केन्द्र २, आयुर्वेद औषधालय २, एकिकृत सेवा केन्द्र १, सहरी स्वास्थ्य इकाई २ र आँखा उपचार केन्द्र १ गरी विभिन्न स्वास्थ्य संस्थाहरु रहेका छन ।
वन जंगल
नगरपालिकाको जम्मा क्षेत्रफलको ६०.२ वर्ग किलोमिटर क्षेत्रफल वन जंगलले ढाकेको छ । यहाँका वनको केहि भाग शिवपुरी नागार्जुन राष्ट्रीय निकुन्ज मा पर्दछ । नगरपालिकाको कुल भुभागको ३७ प्रतिशत भुभाग वनले ढाकेको छ । मेलम्ची नगरपालिकामा जम्मा ७९ वटा सामुदायिक वन र ३१ वटा काबुलियती वन रहेको छ ।
मौसम
मेलम्ची नगरपालिकाको होचो भुभाग (२००० मिटर भन्दाकम) मा औषत तापक्रम रहने गर्दछ , अर्थात धेरै जाडो र गर्मी नहुने हुन्छ । तेस्तै अग्लो भुभाग (२००० मिटर भन्दा वढी ) मा चिसो तापक्रम रहने गर्दछ । यहाँ औषत बार्षिक तापक्रम २०.८ डिग्री सेल्सियस रहन्छ । जाडो मौसममा औषत १३.३ डिग्री सेल्सियस रहने तापक्रम गर्मी मा बढेर २०.८ डिग्री सेल्सियस पुग्दछ । यस नगरमा बर्खामा ठुलो बर्षा हुने गर्दछ , तापनी औषत बार्षिक सरदर १६१५ मिली मिटर बर्षा हुने गर्दछ ।
पाइने वनस्पती र जडिबुटी
लोठसल्ला , सुगन्धवाल , जटामसी , कुटकी , कुरीलो , पदम चाल , लप्सी , बेल , चुत्रो , घ्यू कुमारी , दतिवन , साल , खयार , कटुस , उत्तिस , चिलाउने , लाँकुरी , गुँरास , किम्बु , खनिउँ ,……..
पाइने पंक्षी जनावार जिवजन्तुहरु
यहाँ सालक , बाघ , स्याल , मृग , रतुवा , बाँदर , काग , कालिज , हुचिल , लाटोकोसेरो , सुगा , ठेउवा , फिस्टा , ढुकुर , बकुल्ला , मौरी , बारुलो , गोहोरो , माछा आदी जिवजन्तु पाइन्छ ।
बसोबास गर्ने जातजातीहरु
मेलम्ची नगरमा बहु जातिय मानिस हरु बसोबास गर्ने गर्दछ ।यहाँका मुख्य जातजातीहरु तामाङ, मगर, गुरुङ, माझी, दनुवार आदी हुन । यहाँ बसोबास गर्ने मानिसहरुले आ-आफ्नो जाताजाती अनुसार मातृभाषा बोल्ने गर्दछ ।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरु
बहु भाषा , धर्म , संस्कृती , जैविक विविध ताले भरीपूर्ण मेलम्ची नगरमा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन । गुफा डाँडा , ईन्द्रवती नदी , भोटेचौर चिया बगान , तपचुली डाँडा यहाँका मुख्य पर्यटकीय स्थलहरु हुन । तेस्तै गरी मेलम्ची बजार , पाताल गुफा, धौलेश्वरी मन्दिर , हैबुङ , चिसापानी , पाटी , भन्ज्याङ , ककनी , त्रीवेणी घाट , फट्केश्वर महादेव , इन्द्रेश्वर महादेव , कोटदेवी , सितला देवी , कुण्डेश्वरी , सिद्देश्वर आदी पनि यहाँका प्रसिद्द स्थलहरु हुन ।
"मेलम्ची नगर सम्वृद्दिको आधार - कृषी, उद्योग, पर्यटन र जलाधार”
सम्पर्क ठेगाना
कार्यालयको ठेगाना : मेलम्ची, सिन्धुपाल्चोक, बाग्मती प्रदेश, नेपाल
फ्याक्स नम्बर : ०११-४०११४१
टेलीफोन नम्बर : ०११-४०११४२ / ०११-४०१०८९
इमेल : dms.melamchimun@gmail.com
वेवसाईट : www.melamchimun.gov.np