मेलम्चीको पानी काठमाडौँ लैजाने खबर जब जब आउँछ, त्यस बेला मात्र यस आयोजनाको सकारात्मक र नकारात्मक पक्षको पनि बहस हुन्छ । यो आयोजनाले एक्लौटी रुपमा मात्र काम गरेको र आयोजना प्रभावितहरुको समस्या सुनुवाई नगरेको भन्दै असन्तुष्टीका मधुरो आवाजहरु पनि कहिकतै गुन्जिरहन्छ । बर्खाको समयमा बन्द भएको मेलम्चीको पानी आपुर्ती फेरी काठमाडौँको लागी खोल्ने पक्का छ ।  बर्षको छ महिना चल्ने र छ महिना बन्द हुने आयोजना जस्तो देखिदैछ , मेलम्ची खानेपानी ।

यो समयमा पनि मेलम्चीको सकारात्मक र नकारात्मक पक्षहरु बारे सानो वृत्तमा भएपनी बहस भएको देख्न सक्छौँ । र, फेरी आयोजना प्रभावितको माग, समस्या, असन्तुष्टीको बारेमा पनि केही बोलीहरु सुनिएको छ । विभिन्न संचार माध्यममा आएको खबर अनुसार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन भन्नुहुन्छ, "कि त मेलम्चीको पानी काठमाडौंमा निशुल्क वितरण गर्नुपर्यो होइन भने पानि विक्रिबाट प्राप्त रकमको २५ प्रतिशत हिस्सा हेलम्बुबासीले पाउनुपर्यो । यो मागमा हामी कुनैहालतमा पछी हट्ने छैनौं ।"

                                                                                                                 

के हो मेलम्ची खानेपानी आयोजना?    

राजधानी काठमाडौँमा खानेपानीको समस्या देखिने भएपछी यस समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्ने उद्धेश्य स्वरुप सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी काठमाडौँ ल्याएर वितरण गर्ने योजना हो, यो । यो आयोजनाको चर्चा करिब तीन अघी देखी देखी भएको भनिन्छ । तर एसियाली विकास बैंकले ॠण सहयोग गर्ने पक्का भएपछी २०५७ मा आयोजनाको टुंगो लागेको थियो । यो आयोजना भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत मेलम्ची खानेपानी आपुर्ती विकास बोर्डले कार्यान्वयन गर्दै आईरहेको छ ।

यस आयोजनाको मुख्य उद्धेश्य भनेको मेलम्ची खोलाबाट २६ किलोमिटर सुरुङ मार्ग हुँदै काठमाडौँको सुन्दरीजलमा दैनिक १७ करोड लिटर  ल्याउने र त्यहाँबाट पाइप बिछ्याएर काठमाडौँ उपत्याको विभिन्न स्थानमा वितरण गर्नु हो । यो सुरुङ दक्षिणपूर्वी एसियाको सबैभन्दा लामो पानी आपूर्ति सुरुङ र एसियाको दोस्रो सबैभन्दा लामो पानी आपूर्ति सुरुङ हो। सुरुङको प्रवेशद्वार लगभग १४१६  मिटर उचाईमा छ र बाहिर निस्कने लगभग १४०८  मिटर समुद्र सतह माथि छ। वितरण कार्यमा काठमाडौंका विभिन्न स्थान (महांकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु, खुमलटार, अरुबारी, तिग्नी, कटुञ्जे र कीर्तिपुर) मा नौवटा ट्याङ्कीहरू समावेश छन्।

मेलम्ची खानेपानी आयोजनाले विशेषगरी चारवटा पक्षलाई प्राथमिकता दिँदै यस आयोजनाको आर्थिक स्रोत खर्च गर्ने प्रतिबद्धता जनाएको छ । यी पक्षहरू हुन् - पूर्वाधार विकास - सामाजिक र वातावरणीय सहयोग - संस्थागत सुधार - परियोजना कार्यान्वयन समर्थन

मेलम्ची यस्तो नाम बनेको छ, जसले राजधानीबासीहरुलाई कहिल्यै तिर्खा लाग्न दिएको छैन । केबल प्यास मेटाउने आशा देखाईरहेको छ । केही समय मेलम्चीको पानी काठमाडौँमा वितरण गरेपनी विभिन्न कारणले यो पानी आपुर्ती बन्द हुँदै आएको तितो यथार्थ छ । र फेरी काठमाडौँले मेलम्चीको पानी पिउने निश्चित छ । तर कत्तिको निरन्तरता हुन्छ? त्यो भन्ने आगामी दिनहरुले देखाउने छ ।

के छ स्थानिय प्रभावितको मागहरु ?

मेलम्चीको पानी काठमाडौँ लानेक्रममा गत बर्ष २०७८ चैत ८ गते हेलम्बु गाउँपालिकाले स्थानिय प्रभावितको माग समेटेर खानेपानी उमाकान्त चौधरी मार्फत प्रधानमन्त्रीलाई ११ बुदेँ ध्यानाकर्षण पत्र पठाएको थियो । त्यस पत्रमा निम्न मागहरु समावेश छन ।

  • मेलम्ची खानेपानी प्रभावित क्षेत्रका बासिन्दा हरुकोलागी सञ्चालित स्थानिय सामाजिक उत्थान कार्यक्रम (सुप) स्थानिय सरकार मार्फत सञ्चालन गर्नुपर्ने
  • स्थानियबासीले पाउने खानेपानिको महसुल लेविको टुङ्गो लगाउनुपर्ने
  •  स्थानिय बाढिपिडितहरुलाई कम्तिमा प्रति परिवार २० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने
  •  बाढिको कारण बगेका व्यवसायीहरुको व्यवसाय पुनर्स्थापनामा सहयोग गर्नुपर्ने लगायत

मेलम्ची खाने पानी विगत देखी नै चर्चामा रहेको आयोजना मात्रै होइन , यसले स्थानिय, प्रदेश देखी संघिय सरकार सम्मको ध्यान खिचेको छ । एसियाली विकास बैंकको ॠण सहयोगमा बनेको मेलम्ची खानेपानीले वातावरणिय पक्षलाई जोड्दै प्रभावित स्थानियहरुको मार्गहरुलाई सम्बोधन गर्दै अगाडी बढ्नु उचित हो । मेलम्ची जस्तो ठुलो र दीर्घकालिन आयोजनाले स्थानिय प्रभाविथरुलाई सम्बोधन गर्दै लान नसके कुनै पक्षको लागी त्यो सुभ संकेत नहुन सक्छ ।